अमेरिकी दूतावासद्वारा डिभी र गैरआप्रवासी भिसाका अपोइन्टमेन्ट अनिश्चितकालका रद्द



काठमाडौं । काडमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द गरेको छ । दूतावासले सोमबार सूचना जारी गरी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको कारण मङ्गलबारदेखि लागु हुने गरी डीभी तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट रद्द गरेको जानकारी गराएको छ ।

दूतावासले निकालेको सूचनामा जतिसक्दो चाँडो भिसा सेवा पुनःसञ्चालन गर्ने तर अहिले नै समय तोक्न भने नसकिने जनाएको छ । भिसा शुल्क जुन देशमा भुक्तानी गरिएको हो, त्यही देशमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जनाएको छ ।  दूतावासले अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । यात्रा गर्नैपर्ने अवस्थामा भने आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न सकिने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन गर्ने हो भने सबै राजनीतिक दलको सहमति हुन जरुरी छ

काठमाडौँ । राष्ट्रियसभा परिपक्वहरूको सदन हो । संवैधानिक रूपमा प्रतिनिधिसभा र राष्ट्रियसभाको भूमिका

एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै

मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा  ३२