कोरोनाविरुद्ध लड्न साझा पहल थालौंः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनाको साटो नेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका नेतालाई आह्वान गरेका छन् ।

कोभिडविरुद्ध लड्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच सञ्चालन गरेको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोभिड साझा समस्या र चुनौती भएकाले यसविरुद्ध लड्न साझा पहल हुनुपर्नेमा जोड दिए । उनले कोरोनाविरुद्ध सचेतना अभियान चलाउन, रोकथामका लागि परिचालित हुन र आम भेला आयोजना नगर्न पनि आग्रह गरे ।

कोभिडविरुद्ध लड्न सार्क आपत्कालीन कोष खडा गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा अस्पताल तथा अनुसन्धान र उपचारका लागि सञ्जाल विस्तार गर्न पनि सुझाव दिए ।

उनले आफ्ना आर्थिक कारोबार, आन्तरिक व्यापार र क्षेत्रीय संवादलाई निरन्तरता दिन पनि उनले आग्रह गरे । सो कन्फरेन्समा सार्कका अध्यक्षसमेत रहेका ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख