१७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सहसचिव तथा उपसचिव गरी २६ जनाको सरुवा गरेको छ। सरुवामध्ये १७ जना प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन्।
मकवानपुर,धनुषा, कास्की,अछाम, धनकुटा,सिन्धुली, उदयपुर,पाँचथर, सिरहा, तनहँ, मोरङलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी फेरिएका हुन्।