बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु



चितवन । पूर्वी चितवनको भण्डारामा गएराति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। घाइते देवकोटाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको