काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै असन्तुष्टि जनाएका छन् । पार्टीको नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला नेतृत्वका सम्बन्धमा पार्टी सभापति देउवाले विधान विपरित विष्णुप्रसाद पौडेललाई पार्टीको जिल्ला नेतृत्व दिएको भन्दै महामन्त्री कोइरालाले असन्तुष्टि जनाएका हुन् ।
महामन्त्री कोइरालाले कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेललाई दिइएको अवस्थामा सभापति देउवाले विधान विपरित पौडेललाई सभापति बनाएको भन्दै असहमति जनाएका हुन् ।
महामन्त्री कोइरालाले देउवाले कतिपय आलोचना सहेर भएपनि आम निर्वाचनपछि पाटीलाई थप क्षति नहोस् भन्ने हेतुले सभापतिलाई सहयोग गरेको अवगत गराउँदै देउवाको पछिल्लो निर्णयले आफू बैठकमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएको चेतावनी दिएका छन् । देउवाका पछिल्ला निर्णयले पार्टीमा विवाद थप चर्काउने काम भएको समेत कोइरालाको पत्रमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया