सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ



वीरेन्द्रनगर । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको रावलले बताए। उनका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैनः पूर्वराष्ट्रपति यादव

धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वाेच्च अदालतले

परीक्षणका क्रममा सुन्दरीजलस्थित मेलम्चीको सुरुङको भित्री ढोका बन्द

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द

‘डाक्टर साहेवको क्लिनिक’

प्रभादेवी पौडेल। लघुकथाः डाक्टर साहेवको क्लिनिक -“ए बाबु अलि बिस्तारै गर न निक्कै

३१ जना सहसचिवहरुको सरुवा

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकबाट ३१