नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे के गर्दैछ नर्सिङ काउन्सिल ?



काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ । परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चालन गर्ने नर्सिङ अनुमति परीक्षाको विषयलाई लिएर यस परिषद्का सदस्यले पैसा मोलमोलाइ गरेको समाचारका सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको र वास्तविकताबारे छानबिन गरिरहेको जानकारी दिइन् ।

“सदस्यले लिखितरूपमा यो विषयमा परिषद्लाई जानकारी गराउनुभएको छ र आफ्नो ‘फेक आइडी’ बनाएर आपराधिक समूहले सोे काम गरेको परिषद्लाई जानकारी गराउनुभएको छ”, विज्ञप्तिमा उनले भनेकी छन्, “फेक आइडी बनाउने समूहको पहिचान गरेर कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा उजुरीसमेत दिइसकेको छ ।

यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानबिन गरिरहेको छ ।” उनले प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नभई परीक्षा निष्पक्ष हुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैमा आग्रह गरेकी छन् । परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संलग्नलाई छानबिनको दायरामा ल्याएर कडा कानूनी कारवाही गर्न समेत उनले सरकारसँग माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभिरको यात्रा अब सहज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ,

प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘प्रतीक चिह्न’ सार्वजनिक

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको