कोरोनाको त्रासः संसद बैठक रोक्न र विद्यालय बन्द गर्न कांग्रेस सांसदको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले कोरोनाभाइरस प्रकोपको रुपमा विश्वभर फैलिरहेकाले संसद बैठक रोक्न र विद्यालय बन्द गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका हुन् ।

उनले भने, ‘सरकारले अहिलेसम्म संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन। जहाँ भीडभाड हुन्छ, स्कुल, बस, तुरुन्त बन्द गर्नुपर्यो । अमेरिका, युरोप त्रसित छन्, मास ग्यादरिङ हुने ठाउँलाई रोक्न सकेन भने त्यसबाट उत्पन्न हुने परिस्थितिलाई रोक्न सकिन्न । सरकार चाँडै एक्सनमा जानुपर्छ।’

उनले विश्व स्वास्थ्य संगठनले पनि जोखिममा रहेको बताइरहँदा नेपाल सरकारले कुनै तयारी नगरेको पनि आरोप लगाए । यस्तै, कांग्रेसका अर्का सांसद भरत शाहले पनि कोरोना भाइरसको त्रास बढेकाले संसद धेरै दिन संचालन गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक