चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी आह्वान



काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले पाण्डेविरुद्ध उजुरी आह्वान गरेको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासिय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको जानकारी दिए ।

समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको बताए । फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफरिस भएको थियो । समितिले नाम अनुमोदन गरेपछि पाण्डेको राजदूत नियुक्तिको बाटो खुल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६३ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं । कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ

आफ्ना जनताको लापरवाहीका कारण कोरोना फैलिएको भनेर हालसम्म ओलीबाहेक अन्य सरकार प्रमुखले शायदै भनेका होलान् !

 नारायण गाउँले । आफ्ना जनताको लापरवाहीका कारण कोरोना फैलिएको भनेर हालसम्म ओलीबाहेक अन्य

वीर अस्पतालको नयाँ भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने

अक्सिजन अभाव भएको भन्दै काठमाडौँका चार अस्पतालले गरे कोरोना संक्रमितको उपचार नगर्ने घोषणा

काठमाडौं । अक्सिजन अभाव भएको भन्दै काठमाडौँका चार वटा अस्पतालले कोरोना संक्रमित बिरामीलाई