पाँच किलोग्राम सुन तस्करीमा संलग्न सात जनाविरुद्ध मुद्दा दायर, ३० करोड बिगो माग



संखुवासभा । पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध ३० करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलोग्राम सुनसहित गत असोज २७ गते तोप्चेन भोटेलाई पक्राउ गरेको थियो । विशेष सुराकीको आधारमा पक्राउ परेका भोटेको साथबाट प्रहरीले पाँच किलो सुनसहित नगद ३८ हजार ८० र केही चिनियाँ मुद्रासमेत बरामद गरेको थियो ।

भोटेलाई मात्रै तीन करोड २६ लाख ५० हजार बिगोसहितको मुद्दा दायर भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार डिल्लीराम प्रसाईले जानकारी दिए । पक्राउ परेका २६ वर्षीय भोटेको बयानका आधारमा प्रहरीले सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्का भोट र भोटखोला गाउँपालिका स्थायी घर भई हाल खाँदबारी बस्ने छ्याङ रिञ्जीन भोटेलाई पक्राउ गरेको थियो ।

राजश्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटेसहित सात जनाको समूहको मिलेमतोमा यसअघि पनि चार पटकसम्म राजश्व छलेर २५ किलो सुन तस्करी गरेको भन्दै १५ करोड १३ लाख २४ हजार बराबरको दोब्बर बिगो दाबीसहितको मुद्दा दायर गरेको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार प्रसाईले बताए ।

पाँच किलोग्राम सुन तस्करीका आरोप लागेका चार जना अझै फरार छन् । फरार हुनमा भोटखोलाका छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे रहेको स्रोतको भनाइ छ ।

उनीहरुले मिलेमतोमा चार पटकमा २५ किलो सुन तस्करी गरेको आरोप प्रहरीको छ । सुन तस्कारी गर्नेले एक अर्काको बैंक खातासमेत प्रयोग गरेर सुन तस्करी गर्ने गरेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र