नवनियुक्त भारतीय राजदूत क्वात्राद्वारा राजनीतिक भेटघाट तीव्र



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । नेता नेपालको जन्मदिनको दिन शुक्रबार विहानै राजदूत नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । भेटमा राजदूतले नेता नेपाललाई जन्मदिनको शुभकामना दिएका थिए ।

त्यस्तै भेटमा उनीहरुबीच समसामयिक राजनीतिकलगायतका विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिसमक्ष राजदूत क्वात्राले बिहीबार ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

बिहीबारै राजदूत क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका थिए । भेटमा उनीहरुले राजदूत क्वात्राको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई