आफ्नो पुनःनियुक्ति नयाँ ऊर्जाका साथ काम गर्नका लागिः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पुनःनियुक्ति नयाँ ऊर्जाका साथ काम गर्नका लागि भएको बताएका छन् । पुनःनियुक्तिपछि अर्थ मन्त्रालयमा बुधबार पदबहालीका क्रममा आफू मुलुकको गरिबी, अभाव, अशिक्षा, असमानाता र अन्यायका विरुद्ध लडिरहेको भन्दै ती समस्या हल नहुञ्जेलसम्म र नेतृत्वले फर्की नभनेसम्म लडिरहने बताए । “मेरो लडाई र समय त्यो बेलासम्म हो । त्यो हाम्रो साझा लडाई हो । यसका लागि सबैको साझा प्रयास आवश्यक छ”, खतिवडाले भने ।

मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा रहेको र आर्थिक परिसूचक सकारात्मक भए पनि केही वाह्य चुनौतीको सामना गर्नुपरेको उनको भनाइ छ । बितेका दुई वर्षमा मुलुकको आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्र हुँदै गएको, आयातमा आधारित राजश्व प्रणाली आन्तरिक उत्पादनमा र आम्दानीमा आधारित राजश्व प्रणालीमा रुपमा विकास हुँदै गएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए । उनले संविधानले दिएको अधिकारअन्तर्गत तिनै तहका खर्च विनियोजन, लेखाङ्कन प्रणालीलगायत एकीकृत विवरण बनाउने चुनौती रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको