खतिवडाले दिए अर्थमन्त्रीबाट राजीनामा



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए। मंगलबार राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन्। राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल आज सकिएको छ। संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन्। सोही व्यवस्थाअनुसार खतिवडा मन्त्री हुन लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

अस्थायी आवास निर्माणका लागि भूकम्प पीडितलाई ५० हजार एकमुष्ट दिन कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणलाई

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट