विरामीको मिर्गौला फेल भएपछि औषधि व्यवस्था विभागद्वारा दुई वटा औषधि बिक्रीमा रोक



काठमाडौँ । औषधि व्यवस्था विभागले २ वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस( मेट्रोनिडाजोल ) र ब्याच नम्बर १एच८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सनको बिक्री वितरणमा रोक लगाएको हो ।

ती औषधिको गुणस्तरमा शंका उत्पन्न भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि बिक्री वितरणमा रोक लगाएको विभागले जानकारी दिएको छ । बक्रीमा रोक लगाइएका दुवै औषधि भारतीय कम्पनीका हुन् । मेट्रिस नामक औषधिओटसुका फर्मास्युटिकल्स इन्डिया प्रालि, इन्डियाकोरहेको छ भने अर्को सोडियम ल्याकटेट एक्युलाइफ हेल्थकेयर प्रालि, इन्डियाका कम्पनीको हो ।

गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये उक्त ओैषधिले तीनजनामा एकै प्रकारको संक्रमण देखिएको थियो । प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रिया कक्ष फागुन १२ गतेसम्मका लागि बन्द गरेर सरसफाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई