वीरगंज चिनी मिलको जग्गा विक्री गर्ने केन्द्र सरकारको निर्णयविरुद्ध प्रदेश सरकार अदालत जाने



जनकपुरधाम । संघीय सरकारले वीरगंज चिनी मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध प्रदेश सरकार अदालत जाने तयारी गरेको छ ।
जनकपुरमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले वीरगंज चिनी मिलको जग्गा विक्री गर्ने संघ सरकारको निर्णय विरुद्ध प्रदेश सरकार अदालतमा मुद्दा दिन लागेको जानकारी दिएका हुन् ।

उनले बन्द अवस्थामा रहेको चिनी मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो विक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकार क्षेत्र भित्र हस्तक्षेप गरेकाले त्यसविरुद्ध आफूहरु अदालत जान लागेको बताए ।

उनले संघीय सरकार पटक पटक प्रदेशको क्षेत्राधिकार भित्र हस्तक्षेप गर्दै संघीयताको मर्मलाई लाई समाप्त गर्ने खेल गरि रहेको आरोप समेत लगाए ।
केही दिन अघि मात्र संघीय सरकार वीरगंज चिनी मिलको ६ विघा जग्गा विक्री गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा