पुस्तकमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसङ्घद्वारा देशभर विरोध प्रदर्शन



काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आइतबार देशभर विरोध गरेको हो ।

नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणको पासोमा पार्न ऋण लिइँदैछ भन्ने अनावश्यक हल्लामा लाग्नुहुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट

विमान चालकको समस्या छिट्टै समाधान हुन्छः निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र

पत्र बुझ्न नमानेपछि महानगरले एमालेलाई पठायो हुलाक र इमेलबाट जरिवानाको पत्र

काठमाडौं । काठमाडौँ महानगरपालिले नेकपा एमालेलाई जरिवानाको पत्र हुलाक र इमेलबाट पठाएको छ

बीआरआई परियोजनामा हामी स्पष्ट छौं, ऋण होइन, अनुदानः सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदान सहयोग मात्रै