कोरोना रोकथामका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन



काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरेको छ ।

समितिमा गृहमन्त्री रामबहादुर थापा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लगायतरहेका छन् । समितिले नेपालमा विभिन्न मुलुकबाट आउने हवाइ यात्रु लगायतका देशबाट हुने आवतजावतका गतिविधिलाई नजिकबाट हेर्नुका साथै कोरोना भाइरस फैलन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी समाधानका उपायबारे सुझाव दिने पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले जानकारी दिएका छन् ।

बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको बताइएको छ । अब यो समितिले नै यसबारे अध्ययन गरेर आवश्यक निर्णय गर्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सर्तकता अपनाउन तथा कुनै कमी कमजोरी हुन नदिन निर्देशन दिनुभएको मन्त्री भट्टराइले बताए ।

साथै उनले यसको प्रकोप रोकथामका लागि आवश्यक पूर्व तयारी गर्न र विमान स्थलमा आउने यात्रुको एक एक गरी जाँच्न व्यबस्था मिलाउन तथा स्वास्थ्य जाँचमा कडाइ गर्न तथा औषधिको पर्याप्त मात्रमा सञ्चय गर्न निर्देशन दिएका हुन् । मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिव, नेपाली सेना र सरोकार निकायका प्रतिनिधि रहने गरी कार्यान्वयन समिति समेत गठन गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको