वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजान्छः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने बताएका छन् ।

गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिबार सम्बोधन गर्दै गृहमन्त्री थापाले पार्टीमा बहस हुनु स्वभाविक रहे पनि कुनै पनि विवाद नरहेको स्पष्ट पारे । उनले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको दाबी गरे ।

उनले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालसमेतले आफ्नो नक्सा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिँदै भारतसँग भूमि फिर्ताका लागि सचिवस्तरीय छलफल तथा कूटनीतिक पहल भइरहेको बताए ।

उनले भने, “हाम्रातर्फबाट समेत नेपाली भूमि फिर्ताका लागि कूटनीतिक लविङ जारी राखेका छौँ, नेपालको सम्पूर्ण भूमि समेटेर नक्सा छाप्ने प्राविधिक काम सम्पन्न भएको छ, त्सलाई छिट्टै सार्वजनिक गर्दछौँ ।” सरकारले सीमामा रहेका ८७ चेकपोष्टलाई बढाएर १०४ पुर्याएको बताउँदै उनले यस वर्षभित्रमा २०० भन्दाबढी पुर्याउने र नेपालको उत्तरी नाकासमेतमा चेक पोष्ट वृद्धि गर्ने लक्ष्य रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा