गोकुल बास्कोटाद्वारा विजय मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता



काठमाडौं । निवर्तमान सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले आफूविरुद्ध झुठा लान्छना लगाइएको भन्दै अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् ।

उनले आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँगको सम्बन्ध सरकारबीच मात्रै सीमित छैनः भारतीय रक्षामन्त्री सिंह

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच

‘प्रधानमन्त्रीले बाहिरबाट निर्देशित भएर यस्तो कदम चाल्नु भएको हो कि भन्ने देखिँदैन’

-जयप्रकाश गुप्ता।  ० मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? -समस्याको जरो

‘यीनीहरुले देखाउने पटके चटकलाई राजा महेन्द्रको देशभक्तिसँग तुलना गर्नेलाई मूर्खको पुरस्कार दिनुपर्छ’

भरत दाहाल । दिल्लीको सत्ताले ०५९ सालमा पुष्पकमल र बाबुरामलाई अटलविहारी वाजपेयीको कार्यालयमा

हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट