राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीः प्रधानसेनापति



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना इतिहासदेखि आजसम्म आफ्नो कर्तव्यमा अडिग र अविचलित रहँदै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताएका छन् ।

बिहीबार नेपालगन्जस्थित चारबाहिनी ब्यारेकमा आयोजित भूतपूर्व नेपाली सैनिकको तेस्रो चरणको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति थापाले पूर्खाहरुको रगत र पसिना तथा बलिदानद्वारा रचित सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न सदैव समर्पित हुने बताएका हुन् ।

राष्ट्रिय एकता नै नेपाली सेनाको शक्ति र सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको बताए । उनले देशमा पहिचान भएका ऐतिहासिक धरोहरहरुको मर्मतसम्भार गर्ने, युद्ध सङ्ग्रालय संस्कृतिको विकास गर्ने तथा नेपाल भ्रमण वर्षलाई समेत टेवा पुर्याउने उद्देश्यले यस वर्ष सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण, काभे्रको पृथ्वीगढी थुम्कामा भ्यू प्वाइन्ट निर्माण तथा पाल्पा दरवारमा शस्त्रअस्त्र कक्ष निर्माण कार्य शुरु भएको जानकारी दिए ।

प्रधानसेनापति थापाले सेवानिवृत्त भएका पूर्व सैनिकहरुको आर्थिक सामाजिक जीवनस्तर अभिवृद्धिका लागि सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधार र सहुलियतलाई बढाउँदै लगिएको र यसलाई पूर्व सैनिकको घरदैलामै पुर्याउने गरी सेवा विस्तार र विविधीकरण गरिएको बताए ।

हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ । सो अवसरमा प्रधानसेनापति थापाले घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुक एकल महिला एवं सैनिक परिवारका सदस्यलाई चेक हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी