लम्साल, थापा र पाल एआईजीमा सिफारिस



काठमाडौं । नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको छ ।

गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिको बिहीबारको बैठकले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका लम्सालले ६८ दशमलव ६६ प्रतिशत अङ्क प्राप्त गरेका छन् । हाल नेपाल प्रहरीका प्रवक्ता रहेका थापाले ६८ दशमलव ५५ र प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा दरबन्दी पालले ६७ दशमलव ५५ अङ्क प्राप्त गरेका छन् । लम्साल भने हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसँगै अवकास पाउने भएकाले अबको प्रहरी महानिरीक्षक (आईजीमा) थापा र पालमध्य एक जना छन् ।

प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, बढुवा समितिको अङ्क, शैक्षिक योग्यता, तालीम, विभूषण, चुनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र ज्येष्ठतालाई महत्वपूर्ण आधार लिइन्छ । प्रहरी नियमावली २०७१ मा एआईजी, डीआइजी र एसएसपीका लागि लागि गृहसचिवको अध्यक्षतामा सिफारिस समिति हुने उल्लेख छ ।

एआईजी सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव हुने तथा डीआईजी र एसएसपीको सिफारिस समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य–सचिव हुने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोग पुनर्गठन गर्न राष्ट्रपतिसमक्ष द्वन्द्वपीडितको अपील

काठमाडौँ । सशस्त्र द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान

रुपन्देहीमा ३० करोडको लगानीमा प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्राइएका १३ लाख ८०