कम्युनिस्ट पार्टीभित्र संघर्ष भइरहन्छः प्रचण्ड



काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवाद रहित कुनै पार्टी नै नहुने बताएका छन् । पार्टीको वागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवाद रहित भएको दिनदेखि पार्टी नै नचाहिने बताएका हुन् ।

उनले कम्युनिस्ट जमेको पोखरीको पानी जस्तो नभएको बताए । उनले भने ‘द्वन्द्वात्मक भौतिकवादी हुन्छ, यो गडगडाउने खोला जस्तो हो। यो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, एकमुख भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ। तर, साँच्चै विवाद रहीत भएको दिनदेखि पार्टी नै चाहिँदैन।’

प्रचण्डले कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म पार्टीभित्र विवाद, संघर्ष, भूमरी परिराख्ने, ठक्कर खाने भइराख्ने बताए । उनले त्यो परिस्थितिलाई पार्टीका नेताहरूले स्वीकार्नुपर्ने बताए । उनले अब एकले अर्कालाई आशंका गर्नुपर्ने आवश्यकता नरहेको भन्दै यसलाई थप विकसित गरेर जानुपर्ने बताए । उनले अब आफू मात्रै ठीक, अरु सबै बेठीक भन्ने गलत मानसिकता त्याग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित