दुर्घटनामा नेकपा मालेका महासचिव मैनाली घाइते



महोत्तरी । नेकपा(माले)का महासचिव सीपी मैनाली आज अपराह्न सवारी दुर्घटनामा परी घाइते भएका छन् । गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गर्नुभएका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते भएका हुन् ।

नेता मैनाली चढ्नुभएको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनामा परी नेता मैनाली, उनका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएका इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए । घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा पठाइएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पुर्याएको थियो । पाँचैजनामध्ये नेता मैनाली र उहाँकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।

नेता मैनाली बिहान बिर्तामोड–४ स्थित आफ्नै घरबाट बिहान ५ः१५बजे काठमाडौँका लागि हिँडेका थिए । भाइ मीनप्रकाशकी छोरीको विवाहका लागि उनी केही दिनअघि झापा गएका थिए । (भद्रपुरबाट चन्द्रकला भण्डारीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवलपरमा जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु

माओवादी अध्यक्ष प्रचण्ड र सीके राउतबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष

जिप दुर्घटनामा परी नवलपुरमा दुईजनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु

धनगढीमा निषेधाज्ञा जारी

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। कार्यालयले