दुर्घटनामा नेकपा मालेका महासचिव मैनाली घाइते



महोत्तरी । नेकपा(माले)का महासचिव सीपी मैनाली आज अपराह्न सवारी दुर्घटनामा परी घाइते भएका छन् । गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गर्नुभएका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते भएका हुन् ।

नेता मैनाली चढ्नुभएको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनामा परी नेता मैनाली, उनका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएका इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए । घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा पठाइएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पुर्याएको थियो । पाँचैजनामध्ये नेता मैनाली र उहाँकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।

नेता मैनाली बिहान बिर्तामोड–४ स्थित आफ्नै घरबाट बिहान ५ः१५बजे काठमाडौँका लागि हिँडेका थिए । भाइ मीनप्रकाशकी छोरीको विवाहका लागि उनी केही दिनअघि झापा गएका थिए । (भद्रपुरबाट चन्द्रकला भण्डारीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार