संयुक्त राष्ट्रसङ्घबाट फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी हमाल छनोट



काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ ।

त्यहाँ तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति पर्यवेक्षण सैनिक कमाण्डर (युएन डिस्इङ्गेजमेन्ट अब्र्जभेशन फोर्स) कमाण्डरमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई छनोट गरेको औपचारिक सूचना प्राप्त भएको प्रधानसेनापति पूर्णचन्द्र थापाले जानकारी दिए ।

शान्ति सैनिक पठाउने मुलुकका सैनिक प्रतिनिधिबीचको प्रतिस्पर्धामा उपरथी हमाल फोर्स कमाण्डरमा चयन हुन सफल भएका हुन् । शान्ति सैनिकको फोर्स कमाण्डरको जिम्मेवारी पाउने उपरथी हमाल छैटौँ उच्च नेपाली सैनिक अधिकृत हुन् ।

फोर्स कमाण्डरको हैसियत संयुक्त राष्ट्रसङ्घको सहायक उपमहासचिवसरह मानिन्छ । इजरायल र सिरियाका सेनालाई युद्धमा जानबाट रोक्नु त्यहाँ परिचालिन शान्ति सैनिकको मुख्य जिम्मेवारी हो । गोलनहाइट क्षेत्रमा विभिन्न मुलुकका करिब दुई हजार सङ्ख्यामा शान्ति सैनिक परिचालित छन् ।

प्रतिस्पर्धीमध्येबाट छानिएका चारलाई संयुक्त राष्ट्रसङ्घ मुख्यालयले बेग्लाबेग्लै अन्तर्वार्तापछि हमालको नाम छनोट भएको थियो । फोर्स कमाण्डमा छनोट भएका उपरथी हमालको इजरायल र सिरियाबाट एग्रिमो आउन केही ढिलाइ भएका कारण संयुक्त राष्ट्रसङ्घले सोमबार मात्र त्यससम्बन्धी जानकारी सार्वजनिक गरेको थियो ।

उपरथी हमाल हाल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका प्रमुख (कमाण्डेन्ट) हुन् । गोलानहाइटमा यसअघि पूर्वरथी बालानन्द शर्मा र हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए । तत्कालीन नेपाली सेनाका उपरथीत्रय कृष्णनारायणसिंह प्रधान, भिक्टी« राणा र पवनजङ्ग पाण्डेले पनि फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोग पुनर्गठन गर्न राष्ट्रपतिसमक्ष द्वन्द्वपीडितको अपील

काठमाडौँ । सशस्त्र द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान

रुपन्देहीमा ३० करोडको लगानीमा प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्राइएका १३ लाख ८०