दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना संक्रमणबाट सतर्क रहन दूतावासको आग्रह
काठमाडौं । दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ ।
नेपाली दूतावासले विज्ञप्ती जारी गरी सतर्क र सजग रहन नेपालीहरूलाई आग्रह गरेको हो। कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ। संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ ।