दुई छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित बनाउँदै अगाडि बढ्नुपर्छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकसँग सम्बन्ध सन्तुलित बनाउँदै अगाडि बढ्नु पर्ने बताएका छन् ।

आफूले लेखेको पुस्तक ‘भिजन टु एक्सन’ को शनिबार बालुवाटारमा विमोचन कार्यक्रममा प्रधानमन्त्रीले सरकार छिमेकीहरुसँग पारस्परिक सम्बन्ध राखेर अघि बढ्न खोजिरहेको बताएका हुन् ।

प्रधानमन्त्रीले नेपाल दुई ढुंगाबीचको तरुल भएकाले फैलन नसक्ने भएपनि आफूसँग उपलब्ध स्थानमा समृद्धि हासिल गर्न भने सक्ने बताए ।

‘सूर्यको वरिपरि ९ ग्रह सन्तुलनमा घुमिरहन्छन् । उनीहरुलाई सन्तुलनमा राख्न डोरी बाँध्न र झुण्ड्याउन आवश्यक पर्दैन,’ प्रधानमन्त्रीले भने, ‘त्यसैगरी हामीले भिन्न भिन्न विचार राख्ने दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्छ। सरकार त्यही नीति अख्तियार गरेर अगाडि बढिरहेको छ।’

प्रधानमन्त्री ओलीले जाँच दिँदा अरुको कापी च्याथिदिनेले भन्दा त्यो भन्दा राम्रो लेखेर उत्कृष्ट हुने प्रयास गर्नेले प्रगति गर्ने बताए । ‘सधै जाँच दिँदा अरुको कापी च्यात्ने होइन, अरुको भन्दा राम्रो लेख्ने प्रगतिपथमा अगाडि बढ्छन्,’ ओलीले भने, ‘क्रिएशन र भिजन भएका व्यक्ति नै हो, आफू पनि अगाडि बढ्ने र मुलुक पनि अगाडि बढाउने उसैले हो ।’

लामो समय लगाएर मुलुकमा जनता सर्वेसर्वा हुने शासन व्यवस्था ल्याएको भन्दै यसलाई अझ व्यवस्थित बनाउनु पर्नेमा प्रधानमन्त्रीले जोड दिए । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकको राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले विमोचान गरेका थिए ।

आफ्नो ६९ औं जन्मदिनको अवशर पारेर प्रधानमन्त्री ओलीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा गरेका सम्बोधन समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पालुङटारमा दुई वटा चितुवा मृत फेला

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत

एकीकृत निर्वाचन विधेयक सङ्घीय संसदमा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

काठमाडौँ।  सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय

विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा