राप्रपाको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र : अध्यक्ष थापा



कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थापाले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताएका हुन् । अध्यक्ष थापाले भने, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनको भनाइ थियो ।

एमसिसीबारे पत्रकारको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताए । एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उनको भनाई थियो । आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सङ्गठन विस्तारको अभियानमा अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई