सैनिक मञ्चमा विशेष कार्यक्रम गरी सेना दिवस मनाइयो



काठमाडौं । नेपाली सेनाले काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।

नेपाली सेनाले कार्यक्रममा राइफल र तोपबाट महाशिवरात्रीको बढाइँ समेत गरेको छ । त्यसैग्री बढाइँ कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७६ को आकृति समेत प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभुशा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रस्तुत गरिएको थियो ।

सेनाको बढाइँ हेर्न टुँडिखेल वरिपरि सर्वसाधारणहरुको घुइँचो लागेको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ । यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन

बाढीले सडक बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

सप्तरी । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक