सेना दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिंदै



काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टँुडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रुपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति पूर्णचन्द्र थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुलाई राजीनामा दिन दबाब नदिन स्थानीय तहहरुलाई शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत

मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा

मातातीर्थमा देखिएको आमाको श्रद्धा(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने