संचारमन्त्रीको राजीनामा र कारबाहीको माग गर्दै नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



काठमाडौं . प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

निर्धा्रित समयभन्दा दुई घण्टा ढिला शुरु भएको बिहीबारको बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले काँग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए । सांसद भुसालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै सोबारेमा प्रधानमन्त्रीले सदनमा आएर सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरिन् ।

उनले भनिन्, “स्वीस कम्पनीको एजेण्ट विजय मिश्र र सञ्चारमन्त्रीबीचको संवाद आजको सञ्चारमाध्यमममा सार्वजनिक भएको छ । सञ्चारमन्त्रीले ७० करोड कमिसन माग गरेको घटनाले मुलुकको राजनीति तरङ्गीत भएको छ, यसमा प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीज्यूले यसअघि संसद्मा भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही गर्छु भन्नुभएको थियो । अब प्रधानमन्त्रीले संसद्मा आएर जनतालाई आश्वस्त हुने गरी यसबारेमा जानकारी गराउनुपर्छ ।”

सञ्चारमन्त्रीको बर्खास्तीले मात्र काँग्रेस चुप लागेर नबस्ने बताउँदै सांसद भुसालले बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् भन्ने चेतावनीसमेत दिइन् । भुसालले सो प्रकरणबारे निष्पक्ष छानविन गरी कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै आफ्ना माग पूरा नभएसम्म बैठक अगाडि बढाउनका लागि सहयोग गर्न नसकिने बताइन् ।

सभामुखले मन्त्री बाँस्कोटाको राजिनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको र बैठक सञ्चालन गर्नका लागि सहयोग गर्न पटकपटक आग्रह गरे पनि काँग्रेसका सांसदहरु उभिरहेपछि बैठक स्थगित गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १३ गते दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकमाथि गोली प्रहार

बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन्

प्रहरी महानिरीक्षक सिंहसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँ पटक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक

युवती हत्या आरोपमा सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको