संचारमन्त्रीको राजीनामा र कारबाहीको माग गर्दै नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



काठमाडौं . प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

निर्धा्रित समयभन्दा दुई घण्टा ढिला शुरु भएको बिहीबारको बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले काँग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए । सांसद भुसालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै सोबारेमा प्रधानमन्त्रीले सदनमा आएर सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरिन् ।

उनले भनिन्, “स्वीस कम्पनीको एजेण्ट विजय मिश्र र सञ्चारमन्त्रीबीचको संवाद आजको सञ्चारमाध्यमममा सार्वजनिक भएको छ । सञ्चारमन्त्रीले ७० करोड कमिसन माग गरेको घटनाले मुलुकको राजनीति तरङ्गीत भएको छ, यसमा प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीज्यूले यसअघि संसद्मा भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही गर्छु भन्नुभएको थियो । अब प्रधानमन्त्रीले संसद्मा आएर जनतालाई आश्वस्त हुने गरी यसबारेमा जानकारी गराउनुपर्छ ।”

सञ्चारमन्त्रीको बर्खास्तीले मात्र काँग्रेस चुप लागेर नबस्ने बताउँदै सांसद भुसालले बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् भन्ने चेतावनीसमेत दिइन् । भुसालले सो प्रकरणबारे निष्पक्ष छानविन गरी कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै आफ्ना माग पूरा नभएसम्म बैठक अगाडि बढाउनका लागि सहयोग गर्न नसकिने बताइन् ।

सभामुखले मन्त्री बाँस्कोटाको राजिनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको र बैठक सञ्चालन गर्नका लागि सहयोग गर्न पटकपटक आग्रह गरे पनि काँग्रेसका सांसदहरु उभिरहेपछि बैठक स्थगित गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १३ गते दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने

नेपालकै पहिलो ग्वार्कोस्थित फ्लाइओभर उद्घाटन

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा