बाजुरामा चार रेक्टरको भूकम्प
बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको प्रहरीले जनाएको छ ।