पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनीः दरबार हत्याकाण्ड र माघ १९ सम्झिरहेका छौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूहरुको स्मरण शक्ति कमजोर छ भनेर नसोच्न चेतावनी दिएका छन् । निर्वाचन आयोगले चौथो निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्ड, माघ १९ जस्ता दिनहरु सम्झिरहेको भन्दै हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न चेतावनी दिएका हु्न् ।

ओलीले विगतका नकारात्मक कुराहरु पनि आफूले नविर्सिएको बताए । उनले भने, ‘केही मानिसहरुले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ती उपदेश दिँदै हिंडेका छन् त्यो सह्य हुन्न ।यो एउटा प्रतिगामी उद्देश्यसहितको सोच हो ।’ प्रधानमन्त्रीले जनताबाट प्राप्त अधिकारलाई सुदृढ गर्दै अधिकारहरुको सफलतापूर्वक कार्यान्वयनको काम सरकार अघि बढेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसमा यस्तो वक्तव्य जारी गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष