कोरोना भाइरससँग जुधिरहेको चीनलाई जिस्क्याउने काम नगरौंः पर्यटनमन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले कोरोना भाइरसँग जुधिरहेको चीनलाई नजिस्क्याउन आग्रह गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला अहिले नभएको बताएका हुन् ।

संकटको बेला चीनलाई विश्वस्तरबाट ऐक्यबद्धताको खाँचो रहेको उनले बताए । ‘नेपालले पनि चीनलाई साहस दिने हो। त्यसैले संकटमा साथीकारुपमा हामीले चीनसँगै उभिनुपर्छ’, उनले थपे, ‘चीनले कोरोनाबाट मुक्ति पाएका बेला चिनियाँ पयर्टकहरु बाँध फुटे जस्तो बाहिर निस्किन्छन्, त्यसको फाइदा हामीले लिन सक्नुपर्छ।’

नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफुले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युतीय अपराधको आरोपमा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । विद्युतीय

पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास