चीनबाट उद्धार गरी ल्याएका १७५ जनामै देखिएन कोरोना भाइरसको संक्रमण



काठमाडौं । चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामै कोरोना भाइरसको संक्रमण नेगेटिभ रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुको नमूना परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस (कोभिड—१९) नभएको पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणका क्रममा सबैमा कोभिड—१९ नकारात्मक देखिएको जानकारी दिए । वुहानबाट ल्याइएकाहरुलाई भक्तपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा राखिएको छ । उनीहरुको १४ औं दिनमा पुनः परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

देशको इतिहास लेख्न हिँडेको मान्छेलाई पत्रिकाको हेडलाइनको मतलब छैनः गृहमन्त्री

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही