प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुड्किलो: मुख्यमन्त्री राउत



जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुड्किलो रहेको बताएका छन् ।

७० औ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौं वीर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको वीर योद्धाहरुप्रति सम्मान समेत प्रकट गरे ।

लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा वीर शहीद एवं योद्धाहरुले देखेको समृद्धि र विकासको सपना पुरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको काँधमा आएको उल्लेख गरे ।

उनले विभिन्न आन्दोलनको क्रममा लगाईका झुठा मुद्दाका कारण जेल जीवनयापन गरिरहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारसंग आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते,तीनको अवस्था गम्भीर

काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका

गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो

गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ

कागती खेतीमा भविष्य खोज्दै धर्मराज

ढोरपाटन  । बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

चितवन । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर