राष्ट्रिय हितविरुद्ध हुनसक्ने परिस्थितिलाई नियन्त्रणमा लिन तयारी हालतमा रहन प्रधानसेनापतिको निर्देशन



काठमाडौैं । नेपाली सेनाको जङ्गी अड्डामा यही फागुन ४ गते शुरु भएको ‘पृतनापति समन्वयात्मक बैठक’ मंगलबार सकिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले बैठक समापन गरेका हुन् ।

प्रधानसेनापति थापाले समापनका अवसरमा सङ्गठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र प्रभावकारी बनाउन कमाण्ड प्रतिबद्धता, नेतृत्व संवाद, त्रैमासिक रोलकल, सिपाहीका साथ प्रधानसेनापतिलगायत संयन्त्रहरु प्रयोगमा ल्याइएको बताए । साथै उनले नीति नियम परिमार्जन गर्ने र आवश्यक नयाँ नीति नियम तयार गर्ने कार्य निरन्तर भइरहेको बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय स्वार्थ र हितका विरुद्ध हुनसक्ने कुनै पनि गतिविधि हुन नदिनु र भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रतिक्रियात्मक क्षमतासहित तयार रहनुपर्ने भन्दै उनले राष्ट्रिय सुरक्षा सबल बनाउनु सेनाको संवैधानिक जिम्मेवारी भएकोले सो कार्यको लागि सदैव तयारी हालतमा रहनुपर्ने समेत निर्देशन दिएका थिए ।

उनले सेनासँगको स्रोत र एकीकृत क्षमताको पक्षलाई सङ्गठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बाहिर आउनुपर्ने बताउनुभएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति थापाले ‘महाशिवरात्रि तथा सेना दिवस २०७६’को उपलक्ष्यमा बधाइ दिँदै आगामी दिनमा समेत उच्च हौसलाका साथ सबै तहका कमाण्डरले मातहतलाई समेत अभिप्रेरित गरी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।

बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्यसमीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्नसक्ने सुरक्षा चुनौती एवं सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए । साथै सेनाका विविध कार्यहरुको प्रगती समीक्षा, मूल्याङ्कन र विश्लेषणसमेत भएको उक्त बैठकमा ‘पिएसओज’ रथीबृन्द, पृतनापति तथा अन्य रथीबृन्दसमेतको सहभागिता रहेको निर्देशनालयले जनाएको छ ।
नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तक्र्रियाको माध्यमबाट आउने रचनात्मक सुझावले सेनाको नीति तथा योजना निर्माणमा ठोस् योगदान पु¥याउन थप सहयोग पुगेको विश्वास सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुम्लाको नाम्खा हिमपात

हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमीमा शनिबार भएको भारी हिमपातमा देखिएका चौरी । तस्बिर:दाने

सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा शनिबार साँझ चट्याङ लागेर तीनजना घाइते भएका

संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ