महराले सफाई पाएको संसद बैठकमा जानकारी, अब बैठकमा भाग लिन पाउने



काठमाडौं । जवरजस्ती करणी मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ ।

मंगलबार बसेको प्रतिनिधसभाको बैठमा सभामुख अग्नि सापकोटाले दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महरा अदालतबाट सफाइ पाएर सोमबारै डिल्ली बजार कारागारबाट रिहा भएको जानकारी गराएका हुन् । महराकाबारेमा अदालतको फैसलाको जानकारी संसदलाई गराइएसँगै अब उनले प्रतिनिधिसभाको बैठकमा भाग लिन पाउनेछन् ।

उनी प्रतिनिधिसभाको पहिलो लाइनकै कुर्सीमा बस्नेछन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले महरालाई अदालतले सफाइ दिएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । अदालतको फैसलाबाट निर्दोष सावित भएसँगै महराले सांसदका रुपमा १३४ दिन हिरासत र जेलमा बस्दाको समयको सेवा सुविधा पनि पाउनेछन् ।

गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनस्र्थापित भएको छ । संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वतः निलम्बित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्झना बोहोराका हत्या आरोपी २० दिनपछि सार्वजनिक

गुल्मी । रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने

लाप्राकको नमूना वस्ती वैशाख १२ मा हस्तान्तरण गरिने

काठमाडौं । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको

माधव नेपालका कारण पार्टी फुट्योः अर्थमन्त्री पौडेल

बुटवल । अर्थमन्त्री एवं नेकपाको केपी ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीका वरिष्ठ

दोभान बजारको आगलागीमा ४० करोड रुपैयाँ बराबरको क्षति

फूङलिङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको