महराले सफाई पाएको संसद बैठकमा जानकारी, अब बैठकमा भाग लिन पाउने



काठमाडौं । जवरजस्ती करणी मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ ।

मंगलबार बसेको प्रतिनिधसभाको बैठमा सभामुख अग्नि सापकोटाले दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महरा अदालतबाट सफाइ पाएर सोमबारै डिल्ली बजार कारागारबाट रिहा भएको जानकारी गराएका हुन् । महराकाबारेमा अदालतको फैसलाको जानकारी संसदलाई गराइएसँगै अब उनले प्रतिनिधिसभाको बैठकमा भाग लिन पाउनेछन् ।

उनी प्रतिनिधिसभाको पहिलो लाइनकै कुर्सीमा बस्नेछन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले महरालाई अदालतले सफाइ दिएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । अदालतको फैसलाबाट निर्दोष सावित भएसँगै महराले सांसदका रुपमा १३४ दिन हिरासत र जेलमा बस्दाको समयको सेवा सुविधा पनि पाउनेछन् ।

गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनस्र्थापित भएको छ । संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वतः निलम्बित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । बुधबार

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टमाथि आक्रमण

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथी सांघातिक

तनहुँको घाँसीकुवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते

युक्रेन-रुस युद्धमा तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको