सरकारलाई ट्रेड युनियन खारेज नगर्न नेपाल निजामती कर्मचारी संगठनको चेतावनी



काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ । फागुन २ र ३ गते भक्तपुरमा बसेकोे सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने र अधिकार कटौती गर्ने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा आन्दोलन तयारी तथा परिचालन समिति गठन गरिसकेको जानकारी दिए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार कटौतीको बहस चलाएको भन्दै संगठनले आपत्ति जनाएको छ ।

उनले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको बताए । बैठकले संगठनले व्यक्तिगत स्वार्थको आधारमा नभई सामुहिक स्वार्थको लागि मात्र आवाज उठाउने निर्णय गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास

भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदहरुको आशङ्का

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही