घट्यो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले घटाइएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १०८, डिजेल र मट्टितेल समान रु ९७ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर ११० र डिजल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीमापार अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी र एसएसबीबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत

स्वास्थ्य मन्त्रालयले दियाे १४ स्थानीय तहका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल

काठमाडाैं ।  डेंगुको संक्रमण बढेपछि सरकारले पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध

साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले बिहीबार काठमाडौंका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य

भारतीय ग्राहकले धानेको ऐतिहासिक ब्रह्मदेव बजार

बेदकोट । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव