मदन भण्डारी विश्वविद्यालयको संरक्षकमा फाउन्डेशनका व्यक्ति नराख्न सांसदहरुको सुझाव



काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षण समितिमा मदन भण्डारी फाउन्डेशन प्रतिनिधित्व राख्न नहुने सुझाव दिइएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलमाथि संशोधन दर्ता गराएका समितिका सदस्यहरुले मदन भण्डारीजस्तो व्यक्तिको नाममा स्थापित विश्वविद्यालयमा फाउन्डेशनका व्यक्ति राख्न नहुने सुझाव दिएका छन् ।

समितिका सदस्य कृष्ण राईले विश्वविद्यालयको संरक्षक समितिमा फाउन्डेशनको व्यक्ति राख्न जरुरी नभएको बताए । विधेयकको दफा ७ को(ट)मा मदन भण्डारी फाउन्डेशनको अध्यक्ष र निजले तोकेको व्यक्तिसमेत दुईजना वा सो फाउन्डेशनको अध्यक्षले तोकेको व्यक्ति दुईजना संरक्षक समितिमा रहने व्यवस्था रहेको छ ।

समिति सदस्य विरोध खतिवडाले सरकारको विश्वविद्यालय रहेकाले फाउन्डेशनको व्यक्ति राख्न नहुने बताए । उनले विश्वविद्यालय बन्ने ठाउँका जनप्रतिनिधिलाई संरक्षण समितिमा राख्नुपर्ने सुझाव दिए । समिति सदस्य गगन थापाले व्यक्तिका नाममा स्थापना हुने विश्वविद्यालयमा फाउन्डेशनका राख्दै जाने हो भने पछि अन्य व्यक्तिका नाममा स्थापना भएका विश्वविद्यालय पनि फाउन्डेशनका व्यक्तिलाई राख्दै जानुपर्ने भएकाले अहिलेदेखि नै फाउन्डेशनका व्यक्ति राख्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

 कक्षा १२ को परीक्षामा तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

  भक्तपुर ।  कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै