आरआर क्यम्पसमा नेविसंघ र अखिल कार्यकर्ताबीच झडप



काठमाडौं । प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रतिपक्ष नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताका बीच झडप भएको छ ।

झडपमा नेपाल विद्यार्थी संघका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको छ । नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईका अनुसार कक्षाकोठामा पढ्नका लागि गइरहेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई अखिलले क्याम्पस बाहिरबाट लगेका गुण्डाहरुबाट आक्रमण भएको हो । झडप भएपछि प्रहरीले नेपाल विद्यार्थी संघका केही कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीव ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री भट्टराईले विज्ञप्ती मार्फत घटनाको भत्र्सना गरेका छन् । महामन्त्री भट्टराईले पक्राउ परेका विद्यार्थीको तत्काल रिहाईको माग गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

सत्ताको आडमा प्रहरी प्रशासनले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको निष्पक्ष छानविन भएर दोषि माथि कारवाही नभएर देशव्यापी आन्दोलन गर्ने भट्टराईले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने