पृतनापति समन्वयात्मक बैठक सैनिक मुख्यालयमा शुरु



काठमाडौं । यस वर्षको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले तीनदिने उक्त बैठकको शुभारम्भ गर्दै सेनामा आन्तरिकरूपमा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन कार्यमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन, भर्ना छनोटमा देखिने अनियमितता छानबिन र कारवाही, आर्थिक अपचलन अनुगमन कार्यले नेपाली सेनामा दीर्घकालीन एवं सकारात्मक प्रभाव पार्ने भन्दै नैतिक चरित्र तथा जनताप्रति उत्तरदायी सेना भएको देशले कहिल्यै कसैसँग डराउनु नपर्ने बताए ।

अनावश्यक तथा अनधिकृत चलखेल, भनसुन तथा प्रचारबाजीमा विश्वास नगर्न निर्देशन दिँदै उनले नीति योजना र भावी कार्यक्रम तर्जुमा कार्यान्वयनमा मन्त्रालयको साथ र सहयोग रहने बताए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै तहका कमान्डरको काम कारवाही पारदर्शी, नैतिक, पदीय दायित्व, जवाफदेही, उत्तरदायी प्रणाली र पद्धति स्थापित गर्न सहयोगी हुन आवश्यक रहेको बताए ।

बलाधिकृत रथी शरदकुमार गिरीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सेनालाई समयसापेक्ष थप सक्षम, व्यावसायिक, स्रोतसाधन सम्पन्न, आधुनिक प्रविधियुक्त तथा उच्च मनोबल भएको सेनामा रूपान्तरण गर्ने परिकल्पनासहित सेनाले दीर्घकालीन सोच अघि बढाइरहेको बताए । बैठकमा पृतनापति र विभागीय प्रमुखले आ–आफ्नो क्षेत्रको समग्र शान्तिसुरक्षाको अवस्था र भावी रणनीतिका बारे विस्तृतरूपमा जानकारी प्रस्तुत गर्ने कार्यक्रम छ ।

उक्त बैठकबाट प्राप्त सुझावका आधारमा सेनाले नीति तथा योजना अघि बढाउने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गभर्नर नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कका गभर्नरमा डा. विश्व पौडेललाई गरेको नियुक्तिविरुद्ध

एमालेले भन्यो-कसैको विरोध नभइ खुशीयाली साटासाट गर्न गणतन्त्र उत्सव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई

कांग्रेस पूर्वसांसद आलमले उच्च अदालतबाट पाए सफाई

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन् ।

विमानस्थल अध्यागमन प्रमुखले गरेको कामको दायित्व मैले लिनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोड्नु