चीनबाट उद्दार गरि ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटी लगियो



काठमाडौँ । चीनको हुबेईबाट १७५ जना नेपाली घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् । वुहानको अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयअनुसार करिब १० बजे उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ । दूतावासका अनुसार चार जनामा ज्वरो देखिएकाले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएका हुन् ।

वुहानबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा लगिएको छ । उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो ।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

फोटो प्रदीपराज वन्तको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि

बीआरआईले उपलब्ध गराएको जस्तोसुकै सम्भावनाको फाइदा उठाउनै पर्छ: बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा

‘टार’ शब्द परेपछि…

काभ्रेपलाञ्चोक। भुम्लु गाउँपालिकामा लालपुर्जाको समस्या समाधान गर्न निवेदन दिन छुटेका स्थानीयसँग पुनः निवेदन

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्