चीनबाट उद्दार गरि ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटी लगियो



काठमाडौँ । चीनको हुबेईबाट १७५ जना नेपाली घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् । वुहानको अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयअनुसार करिब १० बजे उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ । दूतावासका अनुसार चार जनामा ज्वरो देखिएकाले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएका हुन् ।

वुहानबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा लगिएको छ । उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो ।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

फोटो प्रदीपराज वन्तको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिसोले बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

बागलुङ। चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि

वातावरण विभागले भन्यो-काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदुषण बढेकाले प्लास्टिकजन्य फोहर नजलाउनु

काठमाडौं । काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा

सुनसरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु

  इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक