वुहानबाट उड्यो १७५ नेपाली बोकेर नेपाल एयरलाइन्सको जहाज



काठमाडौं । चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ नेपाली बोकेर नेपाल एयरलायन्सको जहाज उडेको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासबाट वुहान अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएका १८५ नेपाली मध्ये १० जना चीनमै रोकिएका छन् ।

१० जनामध्ये ६ जनामा उच्च ज्वरो देखिएपछि उनीहरु चीनमै रोकिएका हुन् । कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको हो।

जहाज आइतबार बिहान सवा दुई बजे अवतरण गर्ने भनेपनि केही ढिलाइ हुने भएको छ। वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ।

जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।  जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टर छन्।

फोटोः पत्रकार चन्दशेखर अधिकारीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

काठमाडौं ।  सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष