बेलायतका सेनाध्यक्ष स्मिथ नेपालको साताव्यापी भ्रमणका क्रममा काठमाडौंमा



काठमाडौं । बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा शनिबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत अभिवादन गरेका थिए ।

नेपाल र बेलायतबीच पुरानो, घनिष्ट र न्यायो सम्बन्ध रही आएको छ । नेपालको लोकतन्त्र र आर्थिक विकासमा बेलायतबाट ठूलो सहयोग हँुदै आएको छ ।

नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेनाध्यक्ष स्मिथले भेट गर्नेछन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि उनले भेटवार्ता गर्नेछन् । बेलायती सेनाध्यक्ष स्मिथले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको अवलोकन तथा हवाईजहाजबाट नेपालका हिमालहरुको दृश्यावलोकन गर्नेछन् भने पोखराको पनि भ्रमण गर्नेछन् ।

नेपाली सेनाका अधिकृतलाई बेलायतले हरेक वर्ष विभिन्न प्रकारका सैनिक तालीम उपलब्ध गराइरहेको छ । हालसम्म ठूलो सङ्ख्यामा नेपाली सेनाका सकल दर्जाले यस प्रकारका तालीम प्राप्त गरिसकेका छन् । विश्व शान्ति स्थापना कार्यमा नेपाली सेना र बेलायती सेनाले कतिपय स्थानमा एक साथ मिलेर काम गर्दै आएका छन् ।

यसैबीच दुई देशबीच सन् १८१६ देखि गोर्खा सैनिक भर्ना सम्बन्धमा सम्झौता भएको थियो । बेलायती गोर्खा सैनिक भर्नामा नेपालका लिम्बु, राई, गुरुङ, मगर समुदायका साहसिक र इमान्दार युवाको पहिलो रोजाइँ पर्दै आएको छ । बेलायतले गोर्खा सैनिकको योगदानको कदर गर्दै सम्मानस्वरुप त्यहाँको रक्षा मन्त्रालय परिसरमा गोर्खा सैनिकको शालिक स्थापना गरेको छ । बेलायती सैनिकलाई प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण पदक भिक्टोरिया क्रस पदक १३ जना गोर्खा सैनिकले प्राप्त गर्न सफल भएको इतिहास छ । सैनिक सहयोगमार्फत नेपालले बेलायतलाई ठूलो गुन लगाएको छ ।

हाल तीन हजार ५०० को सङ्ख्यामा नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा कार्यरत छन् । बेलायतले कम्तीमा वार्षिक रुपमा १५० देखि आवश्यकताअनुसार ४५० जनासम्म नेपाली युवालाई सेनामा भर्ना गर्दै आएको छ । बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकलाई बकिङ्घम राजप्रासादलगायतका महत्वपूर्ण र संवेदनशील स्थानको सुरक्षा जिम्मेवारीमा समावेश गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने