वुहानबाट नेपाली विद्यार्थीलाई नेपाल ल्याइँदै
काठमाडौं । कोरोना संक्रमित चीनको वुहानबाट नेपाली विद्यार्थी लिन नेपाल एइरलाइन्सको जहाज वुहान गएको छ । जहाज आफूहरुलाई लिन आउने भएपछि विद्यार्थीहरु वुहान विमानस्थल आइपुगेका छन् ।
उनीहरु आज राति नेपाल आइपुग्ने बताइएको छ । नेपाल आउन लागेका १ सय ८५ जनामध्ये सबैजसो हुबे प्रान्तका ६ वटा सहरका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू छन् । उनीहरु नेपाल ल्याइएपछि भक्तपुरको खरिपार्टीमा राख्न क्वारिन्टाइनस्थल तयार पारिसकिएको छ । Photo” DR. JEET SINGH BHANDARI